Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यी हुन् बागमतीमा थप भएका नयाँ मन्त्रीहरु, सपथ केही बेरमा

    यी हुन् बागमतीमा थप भएका नयाँ मन्त्रीहरु, सपथ केही बेरमा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.7K
    SHARES

    हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    मन्त्रिपरिषद कार्यालयका अनुसार मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेश मन्त्रिपरिषद्मा १८ सदस्य रहेका छन्।



    नियुक्त भएका मन्त्रीहरुमा संस्कृतिमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमिव्यवस्थामा बलराम पौडेल र उद्योगमन्त्रीमा मिलनबाबु श्रेष्ठ छन् ।



    यसैगरी सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

    मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ केहीबेरमा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार