Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • साँढे ३३ किलो सुन तस्करी प्रकरण: ‘गोरे’का भाइ रमेश अदालतमा हाजिर

    साँढे ३३ किलो सुन तस्करी प्रकरण: ‘गोरे’का भाइ रमेश अदालतमा हाजिर

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.1K
    SHARES

    विराटनगर । ३३ किलो सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई अदालत हाजिर गराइएको छ ।

    मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई मोरङ प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराएको हो ।



    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई दुबईबाट ल्याइएको हो । यद्यपि, प्रहरीले भने उनी एयर अरेबियाको विमानमार्फत् मंगलबार काठमाडौं आउँदै गरेको सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरिएको दाबी गरेको थियो।



    साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी उनी युएईमा बस्दै आएका थिए ।२०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो । सो प्रकरणमा गोरेको समूहले यातना दिँदा सनम शाक्यको ज्यानसमेत गएको थियो ।

    उक्त प्रकरणमा जन्मकैदको सजाय पाएका चूडामणि ‘गोरे’लाई अदालतको पछिल्लो आदेश अनुसार १० वर्ष कैद र १३ लाख क्षतिपूर्ति गराउने फैसला भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार