Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ३३ किलो सुन तस्करी प्रकरण : ४४ महिनापछि ९ प्रहरीले पाए सफाई

    ३३ किलो सुन तस्करी प्रकरण : ४४ महिनापछि ९ प्रहरीले पाए सफाई

    ७७ प्रतिवादीमध्ये ८ जनालाई जेल सजाय, ४८ जनालाई सफाइ र २१ जनाको मुद्दा मुल्तवीमा

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । २०७४ साल माघ ९ गते दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन गायब र भरिया भनिएका उर्लाबारीका सनम शाक्यको अपहरणको दुई दिनमै हत्या भएपछि नेपालमा पहिलो पटक ‘सुन तस्करीको हालसम्मकै ठूलो र्‍याकेट’बारे अनुसन्धान भएको थियो ।

    तस्करी प्रकरणका नाइके मध्येका एक चुडामणि उप्रेती ‘गोरे’ समूहले सुन खोज्ने क्रममा शाक्यको हत्या भएपछि गृह मन्त्रालयका तत्कालीन सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समिति गठन भएको थियो ।



    अनुसन्धानका क्रममा सुन तस्करी प्रकरणमा ९ प्रहरी संलग्न भएको भन्दै पक्राउ गरेर मुद्दा चलाइयो। पक्राउ परेका ९ जना प्रहरीमध्ये ७ जना त्यतिवेलै धरौटी र साधारण तारेखमा छुटे भने २ प्रहरी भने हालसम्म कारागारमै छन् ।



    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री र प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत अहिले पनि कारागारमै छन् । सुन तस्करी प्रकरणमा मुछिएका प्रकरणमा मुछिएका तत्कालिन विमानस्थल प्रमुख पूर्वएआईजी गोविन्द्रप्रसाद निरौला, तत्कालिन अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहोनी (हाल डीआईजी), एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्का धरौटी र साधारण तारेखमा छुटेका थिए ।

    अन्ततः ४४ महिनापछि ९ जनै प्रहरीहरु निर्दोष सावित भएका छन् । हुन त त्यतिबेला अनुसन्धानकर्ता (महाशाखाका अधिकारीहरु) लाई नै आरोपित बनाएको भन्दै सरकारी छानविन समितिको आलोचना समेत भएको थियो । छानविन समितिमा रहेका हालका डिआईजी बसन्त लामामाथि पनि प्रहरीलाई दुःख दिएको आरोप लागेको थियो ।

    उच्च अदालत, मोरङले २८ भदौ २०७५ मा राउतलाई भने थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । त्यसवेला राउतले विमानस्थल प्रहरी कार्यरत रहँदा गोरे समूहबाट १२ लाख रुपैयाँ लिएर तस्करीमा सहयोग गरेको सरकारी छानविन समितिले दाबी गरेको थियो ।

    एसएसपी खत्रीलाई पनि ५ माघ २०७५ मा उच्च अदालतले थुनामै राखेर प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । सरकारी छानविन समितिले खत्रीले तीन पटक गरेर १ करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको बताएको थियो । अदालतले दुवै जनालाई ४४ महिनापछि सफाइ दिएको हो । उनीहरु हाल क्षेत्रीय कारागार, सुनसरीमा छन् ।

    त्यसैगरी सोही प्रकरणमा मुछिएका ७७ प्रतिवादीमध्ये चूडामणि उप्रेती (गोरे) सहित ८ जनालाई जेल सजाय भएको छ भने फरारको सूचीमा रहेका २१ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।

    प्रहरीसहित ४८ जनाले सफाइ पाउँदा सुन तस्करी एवं सनम शाक्यको हत्या अभियोगमा ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ । जन्मकैद हुनेमा गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । त्यसैगरी कर्तव्य ज्यान मुद्दामा दुई जनालाई तीन महिना र ६ महिना कैद सजाय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार