Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भान्सेलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा क्वारेन्टिनमा

    भान्सेलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा क्वारेन्टिनमा

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 939
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका दैनिक सुरक्षामा खटिएका अधिकारी तथा भान्सेलाई कोरोना पोजिटिभ देखिएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार प्रधानमन्त्री देउवासहित सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गरिएको थियो। जसमा कार्यालयका भान्से तथा सुरक्षा अधिकारीलाई भने संक्रमण पुष्टि भएको थियो।



    हिजै आएको रिपोर्टमा प्रधानमन्त्री देउवाको रिपोर्ट भएन नेगेटिभ आएको थियो । तर, रिपोर्ट नेगेटिभ आएपनि दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गर्न लागेका छन् ।



    सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि भोलि बिहीबार फेरि पीसीआर गराउने छन । हाल प्रधानमन्त्री देउवा क्वारेन्टिनमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार