Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माफियाहरूसँग सरकार डराउँदैन, मनपरी शुल्क लिनेलाई कारवाही हुन्छ: मन्त्री पौडेल

    माफियाहरूसँग सरकार डराउँदैन, मनपरी शुल्क लिनेलाई कारवाही हुन्छ: मन्त्री पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कुनै पनि माफियाहरूबाट सरकार नडराउने बताएका छन्।

    चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूले आज बिहीवार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, घुर्की र दबाब सरकारलाई मान्य नहुने बताएका हुन् । मन्त्री पौडलले कानुनसम्मत काम नगरि विद्यार्थीहरूबाट जथाभाबी शुल्क लिएको पाइएमा कानुनअनुसार कारबाही गर्ने बताए ।



    मन्त्री पौडेलले कुनै पनि शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाब दिएर कानुन विपरीतका काम गरे मन्त्रालयले छुट नदिने भन्दै सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिलाई बोलाएर आज वा भोलिसम्म समस्याको समाधानमा लाग्ने बताए ।



    ‘यो विषयमा शिक्षा मन्त्रालयमा गम्भीर ध्यानाकर्षण भएको छ । दुई पटक हामीले वक्तव्य पनि निकालिसकेका छौँ । म आफैँ पनि मेडिकल कलेजमा पुगेँ । त्यहाँ हाम्रो ७२ को क्याबिनेटको निर्णयअनुसार कारबाही गर्ने अधिकार गृह प्रशासनलाई दिइएको छ’, मन्त्री पौडलले भने, ‘कुनै पनि माफियासँग राज्य डराउँदैन । राज्यले कानुनको पालना गर्ने हो । कानुन हेर्ने हो र कानुनसम्मत छ कि छैन ?’

    ‘त्यसलाई प्रमाणित गरेर कानुनसम्मत छैन भने कारबाहीको प्रक्रियाबाट अघि बढ्ने हो । नियम विपरीत काम कसैबाट भएको रहेछ र प्रमाणित भयो भने कुनै पनि प्रकारको शक्ति केन्द्रमा धाएर वा दबाब दिएर कानुन विपरीतका काम गर्न कसैलाई छुट दिइँदैन,’मन्त्री पौडेलले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार