Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    थप ४,९६१ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

    थप ४,९६१ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा  संक्रमण पुष्टि भएको हो ।



    यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन्।



    यसैगरी आज तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको छ।

    मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार