Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चिडियाखाना अवलोकनमा खोप कार्ड अनिवार्य

    चिडियाखाना अवलोकनमा खोप कार्ड अनिवार्य

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ ।

    कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिएको हो । “अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै कोरोना भाइरसविरुद्धको खाप काड पनि साथमा लानु पर्नेछ”, चिडियाखानाका सूचना अधिकारी लीना चालिसेले भने ।



    सामान्य अवस्थामा जति पनि मानिसलाई अवलोकनका लागि प्रवेशमा पनि रोक लगाइएको छ भने एकपटकमा ५०० मात्र प्रवेश गर्न पाउने नियम बनाइएको छ ।



    त्यसैगरी अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्नेछ ।

    आगामी दिनमा कोरोना बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गर्ने आवश्यक परे २०० मा अवलोकनकर्तालाई प्रवेश गराइने पनि जनाइएको छ । स्वास्थ्यमापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार