Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोना संक्रमण बढेपछि चिडियाखाना एक हप्ताको लागि बन्द

    कोरोना संक्रमण बढेपछि चिडियाखाना एक हप्ताको लागि बन्द

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सदर चिडियाखाना बन्द गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिए । एक हप्तापछिको अवस्था हेरेर फेरि निर्णय हुने उनले बताए ।



    अघिल्लो हप्ता मात्र चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको थियो । तर सङ्क्रमण बढ्दै गएपछि चिडियाखाना बन्द गरिएको हो ।



    जावलाखेलमा रहेको सदर चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् ।

    नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार