Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • खोप कार्ड नभएका व्यक्ति माघ ७ देखि सार्वजनिक स्थानमा हिँडडुल गर्न नपाउने

    खोप कार्ड नभएका व्यक्ति माघ ७ देखि सार्वजनिक स्थानमा हिँडडुल गर्न नपाउने

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना खोप कार्ड नलिई हिँड्नेहरुले अब सार्वजनिक स्थानमा हिँडडुल गर्न नपाउने भएका छन् ।

    गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्री बालकृष्ण खाँण संयोजकत्वको बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्‌डुल गर्नेलाई खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।



    बैठकमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) का पदाधिकारी सहभागी थिए । बैठकमा सबैलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्‍याउने भन्ने विषयमा पनि छलफल भएको छ ।



    छलफलमा कोरोना संकट नियन्त्रणसम्बन्धी सबै मन्त्रालयबीच समन्वय गर्नुपर्ने निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार