Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

    माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

    कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।



    पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ ।



    बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार