Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रचण्डले बोलाए माओवादी केन्द्रीय समिति बैठक, स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचन गरिने

    प्रचण्डले बोलाए माओवादी केन्द्रीय समिति बैठक, स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचन गरिने

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको माओवादी केन्द्रले पुन: केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक परिपत्र जारी गर्दै आगामी माघ २७ गतेका लागि आह्वान गरिएको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने जानकारी गराइएको छ।



    सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र तत्कालीन परिस्थितिको समीक्षा गरेर थप निर्णय लिइने प्रचण्डको भनाइ छ।



    यसअघि २५ र ८ माघका लागि बोलाइएको बैठक कोरोनाको कारण स्थगित भएको थियो ।

    यस्तो छ अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्र:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार