Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा गुडिरहेको कार पुलबाट खस्यो, बीजेपी विधायकका छोरासहित ७ मेडिकल विद्यार्थीको मृत्यु

    भारतमा गुडिरहेको कार पुलबाट खस्यो, बीजेपी विधायकका छोरासहित ७ मेडिकल विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.4K
    SHARES

    तस्बिर स्रोत: एएनआई

    काठमाडौँ । छिमेकी मुलुक भारतस्थित महाराष्ट्रको वर्धामा भएको सडक दुर्घटनामा परी भारतीय जनता पार्टी (भाजपा) विधायक विजय रहाङडालेका छोरा आविष्कार रहाङडालेसहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार सोमबार राती मेडिकलका विद्यार्थीहरु खाना खाएर वर्धा जाँदै थिए । पुलबाट कार पार गर्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि कार २०–४० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा परेको कार पुरै ध्वस्त भएको बताइएको छ ।




    घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार