Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँको हुँ: भाजपाका नेता हर्षवर्द्धन

    एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँको हुँ: भाजपाका नेता हर्षवर्द्धन

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1K
    SHARES

    काठमाडौं ।भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यतिधेरै राजनीतिक दलका नेताहरु पहिलो पटक देखेको बताएका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकामना दिन नेपाल आएका उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालतिर इसारा गर्दै उनले आफूले कहिले पनि यस्तो नदेखेको बताए ।



    त्यस्तै उनले एउटा पार्टीको कार्यक्रममा सबै पार्टीका प्रमुख नेताहरू उपस्थित हुनु पनि आफ्ना लागि नयाँ विषय भएको बताए । ‘संसारमै नभएको नमुना नेपालमा रहेको उनको भनाइ छ।



    यस्तै, नेपाल-भारत सम्बन्ध आलौकिक भएको समेत बताए । ‘कोरोना रोकथाममा पनि भारतले सहायता प्रदान गर्‍यो । नेपाल र भारत सम्बन्ध प्रगाढ छ,’ उनले भने।

    उनी यसअघि एमालेको महाधिवेशनका बेला पनि नेपाल आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार