Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बालुवाटारमा प्रधानमन्त्री देउवा र भाजपाका नेताहरुबीच भेटवार्ता

    बालुवाटारमा प्रधानमन्त्री देउवा र भाजपाका नेताहरुबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भारतीय जनता पार्टी (भाजपा)का नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षबद्र्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेको उनको सचिवालयले जनाएको छ।



    उनीहरुसंगको भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए ।



    प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार