Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सलमानसँग ‘भ्यालेन्टाइन डे’ मनाउँदै कट्रिना, ‘टाइगर-३’ बन्यो बाधक

    सलमानसँग ‘भ्यालेन्टाइन डे’ मनाउँदै कट्रिना, ‘टाइगर-३’ बन्यो बाधक

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । कट्रिना कैफ र विक्की कौशल बलिउडका चर्चित जोडीमध्ये एक हुन् । यो जोडीले गत वर्ष विवाह गरे । तर, कामको व्यस्तताका कारण दुवैले सँगै समय बिताउन पाएका छैनन् । कहिले विक्की कौशल सुटिङको क्रममा मुम्बई बाहिर बस्छन् त कहिले कट्रिना कैफ । फेब्रुअरी महिना सुरु भइसकेको छ र भ्यालेन्टाइन डे पनि नजिकिँदै छ । तर बिहेपछिको पहिलो भ्यालेन्टाइन डे मा पनि विक्की र कट्रिनासँगै नहुने भएका छन्।

    रिपोर्टका अनुसार कट्रिनाको फिल्म ‘टाइगर ३’ को छायांकनको नयाँ तालिका फेब्रुअरीमा हुँदैछ । ‘टाइगर ३’ को अन्तिम शेड्युलको छायांकन बाँकी छ जसको छायांकन भ्यालेनटाइनकको समयमा दिल्लीमा हुनेछ ।



    रिपोर्टमा भनिएको छ कि निर्माताहरू फिल्मको अन्तिम सुटिङ जनवरीमा गर्न चाहन्थे तर कोरोना भाइरसको बढ्दो केसले समय तालिका बिगार्यो । अब ‘टाइगर ३’ को निर्माताले फिल्मको अन्तिम शेड्युलको सुटिङ फेब्रुअरीमा गर्नेछन्, जुन १५ दिनको हुनेछ । यस्तो अवस्थामा भ्यालेन्टाइन डेको अवसरमा कट्रिना कैफ फिल्मको सुटिङमा व्यस्त हुनेछिन् ।



    सलमान खान र कट्रिना कैफ फेब्रुअरी १२ सम्म दिल्ली पुग्नेछन् र त्यसपछि १४ फेब्रुअरीबाट फिल्मको सुटिङ सुरु गर्नेछन् । फिल्मको चेस सिक्वेन्स दिल्लीमा छायांकन हुनेछ । सलमानले दिल्लीको सडकमा धेरै एक्सन सिन शूट गर्नेछन् । यसका साथै उनले दिल्लीको लाल किल्लालगायत ऐतिहासिक ठाउँमा पनि सुटिङ गर्नेछन् । विशेष कुरा के छ भने ‘टाइगर ३’ मा इमरान हाश्मी पनि भिलेनको भूमिकामा देखिनेछन् र उनले फिल्ममा सलमानलाई टक्कर दिन आफ्नो शरीरमा निकै परिवर्तन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार