Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाटै बाहिरियो

    म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाटै बाहिरियो

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । एफए कपमा म्यानचेस्टर युनाइटेड चौथो चरणबाटै बाहिरिएको छ।

    गएराति भएको खेलमा मिडल्ब्रोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरिएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।



    खेलको २५ औं मिनेटमा नै युनाइटेडले अग्रता लियो । त्यस्तै खेलको ६४ औं मिनेटमा मिडल्सब्रोले बराबरी गोल फर्कायो ।



    निर्धारित समयमा स्पष्ट नतिजा निस्किन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । माथिल्लो चरणमा जाने टोलीको टुङ्गो लगाउन १६ वटा पेनाल्टी प्रहार गर्न लगाइएको थियो ।

    जसमा मिडल्सब्रो ८–७ ले विजयी भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार