Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    ६३९ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

    ६३९ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता संगीता मिश्राका अनुसार आज बुधबार ६ हजार ७८२ पीसीआर परीक्षणमा ५७८ जना र २ हजार ९७४ एन्टिजेन परीक्षणमा १८५ जना गरी ६३९ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ।



    यसैगरी आज १ हजार ६०० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १८ हजार २५१ रहेको छ ।

    यसअघि हिजो मंगलबार ६८० जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार