Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने सरकारको निर्णय

    नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।



    बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए ।



    चैतमा पठनपाठन पूरा गर्ने, वैशाखभित्र परीक्षा, विद्यार्थी भर्ना गरिसक्ने र जेठबाट पठनपाठन सुरु हुने उनले बताए ।

    एसईईको परीक्षा वैशाख ९ देखि सुरु हुने र एसईई सकिएपछि नयाँ सत्र सुरु हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार