Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

    वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 900
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् ।

    अनुगमन शैक्षिक फाउन्डेसनले आज आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।



    वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा उनीहरू अवसरको खोजीमा विदेश जाने प्रवृत्ति देखिएकाले त्यस्तो नीतिका लागि बहस भइरहेको उनले जानकारी दिए ।



    ‘कक्षा ९ देखि १२ मा ४३ प्रतिशत विद्यार्थी विद्यालयबाहिर छन्, उच्चशिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थिति छ’, उनले भन, ‘नीतिगत पुनरावलोकन र संस्थागत सुधार आवश्यक छ ।’

    उच्च शिक्षाका लागि राम्रो पठनपाठन हुने कलेजहरू नेपालमा भए पनि नेपालबाट बाहिर जाने विद्यार्थी पढ्नकै लागि भन्दा पनि आफ्नो भविष्य र स्मार्ट जबका लागि विदेश जाने गरेका उनले सुनाए ।

    कार्यक्रममा दिगो विकासका लक्ष्य र शिक्षा नीति, प्राविधिक शिक्षा, कृषि, शिक्षा स्वास्थ्य र वातावरण शिक्षा, वित्तीय क्षेत्र र शिक्षा आदि विषयमा सम्बन्धित विज्ञ र सरोकार भएका व्यक्तिबीच छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार