Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

    अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 600
    SHARES

    काठमाडौं । अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न सकिने भए पनि आवश्यक परेमा प्रिन्ट गर्न सकिने छ ।

    यसअघि अनलाइनबाट आवेदन दिन पाइने व्यवस्था भए पनि एनओसी लिन सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा पुग्नुपथ्र्यो ।



    शाखामा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यसको सुरुवात गरे । उनले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विक्रम भट्टराईलाई प्रमाणपत्र प्रदान गरेका थिए ।



    एनओसी लिन चाहने विद्यार्थीले उक्त कार्यालयको वेबसाइटमार्फत आवेदन तथा कागजपत्र पेस गर्नुपर्ने हुन्छ । पेस गरिएका विवरण तथा कागजपत्रको सत्यापन गरिएपछि आवेदकले सो शाखाबाट सन्देश प्राप्त गर्ने छन् । साथमा ‘रिफरेन्स’ नम्बर पनि उपलब्ध गराइन्छ ।

    सोही नम्बरका आधारमा आवेदकले वैदेशिक मुद्रा सटही गर्न पाउनेछन् भने अध्यागमन कार्यालयमा पनि सोही नम्बर देखाए पुग्छ । एनओसीका लागि दस्तुर पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था रहेको छ ।

    शाखाका उपसचिव वासुदेव वस्तीले विद्यार्थीलाई प्रदान गरिएको एनओसीमा शङ्का लागेमा बैङ्क तथा अध्यागमन कार्यालयले रेफरेन्स नम्बर सफ्टवेयरमा प्रवेश गराएर आवश्यक विवरण परीक्षण गर्नसक्ने बताए  । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार