Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लिटल फ्लावर प्रिमियर लिग : एभरेस्ट र सत्यवतीको दोस्रो जित

    लिटल फ्लावर प्रिमियर लिग : एभरेस्ट र सत्यवतीको दोस्रो जित

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 915
    SHARES

    कैलाली । कैलालीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजका खेलमा एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन्।

    धनगढीमा सम्पन्न तेस्रो दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित ग¥यो। सैनिकले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो।



    एभरेस्टका लागि रितिक थापाले ३ चौका र १ छक्का प्रहार गर्दै ३६ बलमा सर्वाधिक ४२ रन बनाए। यस्तै कृश ऐरले अविजित २९ रन बनाए। रितिक र कृशले पाँचौँ विकेटको लागि अविजित ६० रनको साझेदारी गरेका थिए। सैनिक आवासीयका आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले समान एक विकेट लिए।



    यसअघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। उसका लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए। एभरेस्ट एकेडेमीका गोविन्द बिष्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दीपक रोकायाले समान दुई विकेट र कृश ऐरले एक विकेट लिए।

    खेलको प्लेयर अफ द म्याच गोविन्द बिष्ट भए। दोस्रो खेलमा सत्यवती एकेडेमीले बिद्याभुषण पब्लिक स्कुललाई ४ विकेटले पराजित ग¥यो। विद्याभुषणले दिएको १२२ रनको लक्ष्य सत्यवतीले १६ ओभरमा भेटायो।

    सत्यवतीका लागि सन्तोष कार्कीले सर्वाधिक ५२ रन बनाए। यस्तै सुजन गौतमले अविजित ३२ रन बनाए। विद्याभुषणका शेर मल्लले दुई तथा वीरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए।

    यसअघि टस जितेर ब्याटिङ गरेको विद्याभुषणले १९।१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन बनाएको थियो। उसका लागि प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए।

    सत्यवती एकेडेमीका सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की भए। प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुने छन्। प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथाउपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार