Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढी स्पोर्ट्सलाई हराउँदै सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि

    धनगढी स्पोर्ट्सलाई हराउँदै सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 633
    SHARES

    कैलाली । आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी अत्तरियाले हात पारेको छ ।

    धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको हो ।



    रोमाञ्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो ।



    विजेता सत्यवती एकेडेमीले विजेता ट्रफी सहित दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

    प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार