Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीमा लिटल फ्लावर प्रिमियर लिग सुरु, सत्यवतीको विजयी सुरुवात

    धनगढीमा लिटल फ्लावर प्रिमियर लिग सुरु, सत्यवतीको विजयी सुरुवात

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1K
    SHARES

    कैलाली । कैलालीको धनगढीमा सोमबार देखि अन्डर-१९ बिद्यालय स्तरीय ‘धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग’ टि-ट्वान्टी प्रतियोगिताको (एलपीएल) छैठौं संस्करण सुरु भएको छ। प्रतियोगिताको उद्घाटन धनगढीका उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेका हुन् ।

    धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो।



    खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२४ रन मात्र बनाउन सक्यो। लिटल फ्लावरको ब्याटिंगमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ४५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै नरेन भट्टले २८ रन बनाए।



    सत्यवती एकेडेमीका बलर निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान एक विकेट लिए।

    यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १९७ रन बनाएको थियो।सत्यवती एकेडेमीको लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए जुन क्रममा २९ बलमा २ चौका र ७ छक्का प्रहार गरे।

    यस्तै सन्तोष कार्कीले ३३ रन, खगेन्द्र जोशीले ३२ रन तथा आदील अन्सारीले ३० रन योगदान दिए। लिटल फ्लावरका बलर प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई विकेट लिए।

    खेलको प्लेयर अफ द म्याच सत्यवती एकेडेमीका सन्दिप खत्री घोषित भए। यस्तै गेम चेन्जरस निरज भट्ट तथा म्याक्सीमम सिक्सर सन्दिप खत्री घोषित भए। प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् ।

    प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन् । सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार