Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललितपुर महानगरपालिकाका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै

    ललितपुर महानगरपालिकाका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाउने भएको छ ।

    महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने महानगरपालिकाले जनाएको छ ।



    महानगरपालिकाद्वारा जारी सूचनाअनुसार खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने उल्लेख छ ।



    खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र अघिल्लोपटक खोप लगाएको कार्ड अनिवार्य लैजान महानगरपालिकाले आग्रह गरेको छ ।

    बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने महानगरपालिकाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार