Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हुम्लामा बिहानैदेखि हिमपात, हवाई सेवा अवरुद्ध

    हुम्लामा बिहानैदेखि हिमपात, हवाई सेवा अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    सिमकोट । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

    त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भने-‘यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।’



    यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट यहाँ ल्याइएको छ ।



    हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिइन् ।  उनले भनिन्, ‘हुम्लालाई स्याउ जोनका रुपमा विकसित गरिने उद्देश्य रहेको छ। स्याउ उत्पादन मार्फत कृषकको जीवनस्तर सुधार गरिने छ । ‘

    एमाले जिल्ला अधिवेशन बन्द सत्र सुरु

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ । उक्त बन्द सत्रमा कार्यवाहक अध्यक्ष ज्ञामी बुमीले पार्टी प्रतिवेदन प्रस्तुत गर्नुहुने जनाइएको छ । बन्दसत्रमा ३५० सहभागीले भाग लिने पार्टी सचिव पूर्णप्रसाद ढकालले जानकारी दिए ।

    एमाले कर्णाली प्रदेशका इन्चार्ज गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल बन्द सत्र उपस्थिति रहेको छ ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार