Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हुम्लामा हिमपात भएपछि चिसोले जनजीवन कष्टकर

    हुम्लामा हिमपात भएपछि चिसोले जनजीवन कष्टकर

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 546
    SHARES

    फाइल तस्विर

    हुम्ला । हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात शुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्नेगरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको स्थानीय प्रशासनले जनाएको छ ।

    यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।



    गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको स्थानीयको भनाइ छ ।



    बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार