Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रौतहट काण्ड दोहोरियो, बारा प्रहरीद्वारा समाचार लेखेकै आधारमा पत्रकार यादव पक्राउ

    रौतहट काण्ड दोहोरियो, बारा प्रहरीद्वारा समाचार लेखेकै आधारमा पत्रकार यादव पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    बारा । प्रहरीले चाह्यो भने एउटा निर्दोष व्यक्तिलाई कसरी अपराधी बनाउँछ भने कुरा रौतहटमा भएको एउटा घटनाले गरेको थियो । घटना साउन ३२ गते सोमबारको हो। तस्कर र अपराधीसँग प्रहरीको कनेक्सनका साथै जनताको पक्षमा पत्रकारिता गर्ने पत्रकारलाई फसाउने प्रचलन पछिल्ला दिनमा मधेश प्रदेशमा बढिरहेको छ । तस्करका मतियार पत्रकार र प्रहरीको मिलेमतोमा रौतहट एक्सप्रेसका संचालक मज्बुल्लाह अंसारीलाई लागूऔषध कारोबारमा फसाएको घटनाले प्रस्ट पारेको छ । त्यस्तै घटना बुधबार बारामा पनि दोहोरिएको छ ।

    बाराको सिमाक्षेत्रमा दिनहुँ कपडा र भैसीको तस्करी भैरहेको सूचना स्थानीय जनताबाट प्राप्त हुँदा पर्साका पत्रकारको टोलीले बाराको सिमा क्षेत्रमा रिपोर्टिङमा पुगेको थियो । स्थानीयको सूचना आनुसार बाराको छतवा बरैनिया, नकातुवा र प्रसौनीको बाटो भई भैंसी र कपडाको तस्करी दिनहुँ भइरहेको खुलासा भएको थियो । २०७८ माघ २४ गते करिब राति ११ बजे बाराको छतवा बरैनिया, नकातुवा र प्रसौनीको बाटो भई परवानीपुर लैजाने क्रममा प्रसौनीको पतंजली आयुर्बेदनिर भारतबाट आबैध रुपमा भैसी ल्याएको देखियो ।



    अवैध रुपमा भारतबाट भैंसी ल्याइएकोबारेको सूचना पत्रकारहरुको टोलीले प्रसौनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देश्वर यादवलाई दिएका थिए ।पत्रकारको टोलीबाट पाएको सूचनाको आधारमा प्रसौनी इलाका प्रहरी कार्यालयका प्रनि यादवको नेतृत्व खटिएको टोलीले ७ वटा राँगा भैंसी नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय प्रसौनीले नियन्त्रणमा लिएका ७ वटा राँगा भैंसीलाई भन्सार कार्यालय पर्सामा बुझाएको थियो ।



    त्यही निहँुमा तस्करका मतियार पत्रकार र माथिल्लो निकायका प्रहरी मिली सडयन्त्र रची इमान्दारीपूर्वक कलम चलाउने पत्रकार धर्मेन्द्र यादवलाई फसाइएको छ । २०७८ माघ २४ गते राति भएको घटनाको अर्कोे दिन प्रसौनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देश्वर यादवले पत्रकार धर्मेन्द्र यादवलाई पटक पटक टेलिफोन सम्पर्क गरी आफ्नो कार्यालयमा बोलाएका थिए ।

    पत्रकार यादवले प्रहरी निरीक्षक यादवसँग किन बोलाउनु भएको भनी सोध्दा म माथि माथिलो निकायको दबाव छ, तस्करीको न्यूज नलेख्नु होला भनी सम्झाइ बुझाइ आफ्नो कार्यालयबाट पठाएका थिए । जसरी रौतहट एक्सप्रेसका संचालक मज्बुल्लाह अंसारीलाई सड्यन्त्र रची फसाइएको थियो, ठिक त्यस्तै अहिले निर्दोष पत्रकार धर्मेन्द्र यादवलाई बाराको माथिल्लो तहका प्रहरी र तस्करका मतियार पत्रकारले षड्यन्त्र रची फसाएका छन् ।

    मज्बुलाह अंसारीको घटनामा सीसी टिभीको फोटो थियो । जसको कारण उनी निर्दोष साबित भए तर के यो षड्यन्त्रमा फसेका पत्रकार धर्मेन्द्र यादव न्याय पाउलान् ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार