Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतको सहयोगमा युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्काईंदै

    भारतको सहयोगमा युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्काईंदै

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    युक्रेनबाट विस्थापित भएर स्लोभाकिया पुगेका नेपाली ।

    काठमाडौं । युक्रेनमा रहेका र युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउन भारतले सहयोग गर्ने भएको छ ।

    रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा रहेका नेपालीहरुलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन भारतले सघाउने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले उक्त कार्य गर्न लागेको हो ।



    नेपालको आग्रहअनुसार भारतले नेपाली नागरिकहरूलाई पनि उद्धार गरिदिने भएको हो । दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार दूतावासको आग्रह गरेको र भारतले युक्रेनबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपाली नागरिकहरुलाई उद्धार गरिदिन लागेको हो ।



    हालसम्म भारतले ६ हजारभन्दा बढी नागरिकहरुलाई उद्धार गरिसकेको छ भने नेपालीहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन ।

    युक्रेनमा विगत ८ दिनदेखि रुसले आक्रमण गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार