Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कांग्रेस सप्तरीमा विवाद बढेपछि निर्वाचन स्थगित, मतपत्र च्यातियो

    कांग्रेस सप्तरीमा विवाद बढेपछि निर्वाचन स्थगित, मतपत्र च्यातियो

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    सप्तरी । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको निर्वाचनमा विवाद भएपछि मतदान रोकिएको छ ।

    रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएपछि मतदान रोकिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएको थियो ।



    संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदानमा रोक लगाउन भनेपछि विवाद भएको हो । विवादका क्रममा केही मतपत्र च्यातिएको छ ।



    विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको संस्थापन इतरको आरोप छ । सप्तरी कांग्रेसमा २५ सय ६८ मतदाता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार