Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सानेपामा प्रधानमन्त्री देउवाको सम्बोधन: गठबन्धनलाई चित्त नदुख्ने गरी एमालेसँग मिल्नु

    सानेपामा प्रधानमन्त्री देउवाको सम्बोधन: गठबन्धनलाई चित्त नदुख्ने गरी एमालेसँग मिल्नु

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका छन्।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधिसँगको छलफलमा बाेल्दै प्रधानमन्त्री देउवाले कांग्रेस प्रतिपक्षी दललाई पनि राम्रो व्यवहार गर्ने पार्टी भएको भन्दै कसैकाे पनि चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका हुन् ।



    ‘गठबन्धन दललाई चित्त दुख्ने गरी कुरा नगर्नू,’ प्रधानमन्त्री देउवाले भने, ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राम्रो व्यवहार गर्नू।’



    यस्तै, सम्बोधनका क्रममा सभापति देउवाले कांग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्न लागेको जानकारी समेत दिए।

    देउवाका अनुसार अमेरिकी सहायता परियोजना एमसीसी र आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी दिन अभियान सञ्चालन गर्न लागिएको हो।

    ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने देउवाको भनाइ छ।  अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार