Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आजदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द

    आजदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आजदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ।

    आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए ।



    ‘निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको हो। आज भारतीय र नेपालका डिपोहरुबाट इन्धन ढुवानी भएको छैन,’ उनले भने, ‘आयल निगमले चासो नदेखाएपछि इन्धन आपूर्ति नै बन्द गर्नु पर्ने अवस्था आएको हो।’



    आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार