Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतको विदेशी मुद्रा सञ्चिति २.०३ अर्ब डलरले घट्यो

    भारतको विदेशी मुद्रा सञ्चिति २.०३ अर्ब डलरले घट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी। भारतको विदेशी मुद्रा सञ्चिति २.०३ अर्ब डलरले घटेको छ । भारतको विदेशी मुद्रा सञ्चितिमा लगातार तेस्रो साता गिरावट आएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति चैत १५ गतेको सातामा २ अर्ब ३ करोड डलरले घटेको छ ।

    रिजर्भ बैंकको तथ्यांकअनुसार अहिले ६१९ अर्ब ६७८ करोड डलरबाट घटेर ६१७ अर्ब ६४८ करोड डलरमा झरेको छ । यसअघि मार्च १८ गतेको साता २ अर्ब ५९ करोड डलरले घटेको थियो ।



    त्यसैगरी मार्च ११ गतेको सातामा यो गिरावट ९ अर्ब ६४६ अर्ब डलर पुगेको थियो ।



    चैत १५ गते समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति घट्नुको कारण कुल मुद्रा सञ्चितिको महत्वपूर्ण हिस्सा रहेको विदेशी मुद्रा सम्पत्ति (एफसीए)मा आएको कमीलाई मानिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार