Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विदेशी मुद्रासहित हेटौँडाबाट एक जना पक्राउ

    विदेशी मुद्रासहित हेटौँडाबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 2.1K
    SHARES

    हेटौँडा । विदेशी मुद्रासहित हेटौँडा–१५ रातोमाटेबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  भारतको विहार पुर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई प्रहरीले पक्राउ गरेको हो।

    २३ लाख ३८ हजार ५७१ रुपैयाँ बराबरको विदेशी मुद्रासहित रातोमाटे चेक प्वाइन्टबाट दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    भदौ ३१ गते आइतबार साँझ ६ः४५ बजेको समयमा रातोमाटे चेक प्वाइन्ट स्थित पूर्व–पश्चिम सडक खण्डमा विशेष सूचनाको आधारमा दासलाई विदेशी मुद्रासहित पक्राउ गरिएको हो ।



    इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको ईलोक्ट्रोनिक माईक्रो गाडी चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार यात्रा गरिरहेका दासको साथबाट सो विदेशी मुद्रा फेला पारिएको प्हरीले जनाएको छ ।

    दासको साथबाट ५० का युरोपियन डलर ८० थान (नेपाली ४,००० रुपैयाँ), १ हजारका जापानी यन १३३ थान (नेपाली १३ लाख ३० हजार ००० रुपैयाँ), १ हजारका साउदी रियल २ थान, ५०० का १५ थान, २०० का ५ थान, १०० का ५२ थान, ५० का ७ था, २० का ५ थान, १० का १३ थान, ५ का ७ थान गरी जम्मा साउदी रियल ११६ थान,नेपाली मूल्य १६ हजार ३१५ रुपैयाँ बरामद गरिएको छ । बरामद भएको विदेशी मुद्रा र निज दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार