Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • स्थानीय निर्वाचनमा तालमेल गर्न एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल

    स्थानीय निर्वाचनमा तालमेल गर्न एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.2K
    SHARES

    धनगढी । स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तालमेल गर्ने विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच छलफल भएको छ । चुनावी तालमेलबारे सोमबार धनगढीमा दुवै पार्टीका नेताहरुबीच छलफलबिना छलफलमा निष्कर्ष टुगिंएको हो ।।

    छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी थिए



    छलफलमा सहभागी एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य चन्दले दुई पार्टीबीच अगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर कसरी जान सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी दिए ।



    नेकपाका केन्द्रीय सदस्य पुनले आफ्नो पार्टीले प्रभाव क्षेत्रको विश्लेषण गरेर एमालेसँगको सहकार्यमा स्वतन्त्र ढंगले उम्मेदवार उठाउने र उसको प्रभाव क्षेत्रमा सहयोग गर्ने विषयमा सकारात्मक छलफल भएको र अर्को चरणमा फेरि छलफल गर्ने सहमति भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार