Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • निर्वाचन आयोगले देशव्यापी रुपमा आचारसंहिता पालनाको अनुगमन गर्ने

    निर्वाचन आयोगले देशव्यापी रुपमा आचारसंहिता पालनाको अनुगमन गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 996
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले देशव्यापी रुपमा आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ ।

    आयोगले आचारसंहिता पालनाको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो ।



    गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचासंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ ।



    ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा निर्वाचन क्षेत्रस्तरीय संयन्त्र भने रहनेछैन ।

    निर्वाचन आयोगले यसअघिका निर्वाचनमा केन्द्रियस्तरमा आचारसंहिता पालनाको अनुगमन गरिरहेकोमा अब भने जिल्ला र स्थानीय तह स्तरमा विकेन्द्रिकरण गरिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।

    यसपालीको निर्वाचनमा स्थानीय तहमा रहेका निर्वाचन अधिकृतले समेत आचारसंहिता पालनाको अनुगमन र कारवाही गर्नसक्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार