Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नयाँ वर्षको पहिलो दिन पशुपतिनाथमा तीन लाखले गरे दर्शन

    नयाँ वर्षको पहिलो दिन पशुपतिनाथमा तीन लाखले गरे दर्शन

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

    पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।



    नयाँ वर्षका लागि कोषले पश्चिम मूल ढोकामा यस वर्षदेखि सजावटसहित नववर्षको शुभकामना ब्यानर टाँगेको थियो । बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब तीन लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उनले सुनाए ।



    आज बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । अहिले पनि पशुपतिनाथमा भइरहेको आरतीलगायत धार्मिक गतिविधिमा हजारौँ दर्शनार्थी लाम लागेका छन् । दर्शनार्थी व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, पहरा गणका प्रहरी पनि खटिएका थिए ।

    पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा २८० जनाले रसिद काटेर विशेष पूजा गरेका छन् । पशुपतिनाथमा २२० र वासुकीनाथमा ६० जना भक्तजनले रसिद काटेर विशेष पूजा गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

    काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ । -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार