Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्थानीय तह निर्वाचन : भक्तपुर कांग्रेसको उम्मेदवार टुंगो लाग्यो

    स्थानीय तह निर्वाचन : भक्तपुर कांग्रेसको उम्मेदवार टुंगो लाग्यो

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसले भक्तपुरमा मेयरको उम्मेदवार टुंग्याएको छ । कांग्रेस वाग्मती प्रदेश कार्यसमिति बैठकले नगर प्रमुखहरुको टुंगो लगाएको हो ।

    जसअनुसार मध्यपुर थिमिको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुरमा राम कासुलालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।



    उपमेयरतर्फ चाँगुनारायणमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाका उपमेयर भने माओवादी र समाजवादीलाई दिइएको छ ।



    यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । आज मनोनयन दर्ताको दोस्रो दिन प्रमुख दलहरुले उम्मेदवारी दर्ता गर्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार