Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हुम्लाका ४ जना वडा अध्यक्ष र ४ वडा सदस्य निर्विरोध

    हुम्लाका ४ जना वडा अध्यक्ष र ४ वडा सदस्य निर्विरोध

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । हुम्लामा ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्य निर्विरोध भएका छन् । जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका–६, खार्पुनाथ गाउँपालिका–४, सिमकोट गाउँपालिका–१ र सिमकोट गाउँपालिका– ४ मा वडाध्यक्षहरु निर्विरोध चयन भएका हुन् ।

    निर्वाचन कार्यालयका अनुसार नाम्खा गाउँपालिका–६ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पाल्जोर तामाङ र तीन जना वडा सदस्य छिरिङ डुङडुप तामाङ पुटी तामाङ, टुङडुप लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।



    त्यस्तै गरी खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षमा पनि रंगमती शाहीको एकल उम्मेदवार परेको छ । दलित महिला सदस्यमा दन्तकली सुनार निर्विरोध भएकी छन् ।



    सिमकोट गाउँपालिका–१ को वडाध्यक्षमा गोर्ख लामाको एकल उम्मेदवारी परेको हो ।

    सिमकोट गाउँपालिका– ४ को वडाध्यक्षमा प्रताप लामाको एकल उम्मेदवारी परेको हुँदा उनी पनि निर्विरोध चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार