Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भिरबाट लडेर हुम्लामा एकजनाको मृत्यु

    भिरबाट लडेर हुम्लामा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 429
    SHARES

    फाइल तस्विर

    हुम्ला । भिरबाट लडेर हुम्लामा एकजनाको मृत्यु भएको छ ।

    हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको हो ।



    कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१ कल्खे गाउँका दानीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ ।



    सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएका थिए ।

    दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार