Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारी हिमपात भएपछि हुम्लामा हवाई सेवा बन्द

    भारी हिमपात भएपछि हुम्लामा हवाई सेवा बन्द

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.1K
    SHARES

    हुम्ला । सदरमुकाम सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ ।

    हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ । हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् ।



    त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए ।



    नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ ।

    त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार