Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हुम्लाको सिमकोटमा जिप दुर्घटना,९ जना घाइते

    हुम्लाको सिमकोटमा जिप दुर्घटना,९ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    हुम्ला । हुम्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

    सदरमुकाम सिमकोटबाट बडगाउँ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।



    सिमकोटको मानसरोवर नमुना माध्यमिक विद्यालय नजिकै बा २१ च ७३५३ को जिप सडकबाट करिब ६० मिटर तल खस्दा सिमकोट वडा नम्बर २ र ३ का वडा अध्यक्षसहित जीपमा सवार ९ जना स्थानीय घाइते भएको हुम्ला प्रहरीले जनाएको छ ।



    बडगाउँमा आयोजित कार्यक्रममा सहभागी हुन वडा अध्यक्षसहितका प्रतिनिधिहरू जीपमा सवार रहेको बताइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार