Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेको घोषणापत्र : अझै पनि मोनोरेल र मेट्रोरेलकै सपना

    एमालेको घोषणापत्र : अझै पनि मोनोरेल र मेट्रोरेलकै सपना

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 2.1K
    SHARES

    पोखरा । नेकपा एमाले पोखरा महानगरले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा एमालेका तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापा र उपमेयरकी प्रत्याशी मञ्जुदेवी गुरूङले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

    एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको उपस्थितिमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका उनीहरुले मोनोरेल र मेट्रोरेललाई पुनः निरन्तरता दिएका छन् ।



    यसअघिको चुनावमा समेत एमालेको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरिएको थियो । शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ । फ्लाई ओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।



    पोखरा विकास प्राधिकरणमार्फत पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजनालाई समावेश गरिएको छ । पुरानै घोषणापत्रमा समेत प्राधिकरणको अवधारणा समावेश भए काम भने सुरु भएको थिएन । एमालेका मानबहादुर जीसीले मेयर र मञ्जुदेवी गुरूङले पोखराको उपमेयर जितेका थिए ।

    मेयरका प्रत्यासी थापाले आफू निर्वाचित भएपछि पाउने सेवासुविधा गरिबको सेवा र विकासका काममा लगाउने प्रतिबद्धता व्यक्त गर्दै यो चुनाव नै आफ्नो अन्तिम हुने र अब कुनै चुनाव नलड्ने घोषणा गरे ।

    पाँच वर्ष अघिको घोषणापत्रबमोजिम काम नभएको भन्दै जीसीको कार्यकाल निकै आलोचित छ । तर, यो पटक पनि एमालेले मोनोरेल र मेट्रोरेललाई पुनः निरन्तरता दिएका कारण घोषणापत्रबमोजिम काम हुन्छ त भन्ने प्रश्न उब्जिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार