Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कामिरिताले तोडे आफ्नै रेकर्ड

    कामीरिता शेर्पाको नेतृत्वमा ११ आरोहीद्वारा सगरमाथा आरोहण

    कामीरिता शेर्पाको नेतृत्वमा ११ आरोहीद्वारा सगरमाथा आरोहण

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । आरोही कामी रिता शेर्पा २६औँ पटक ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६औँ पटक सगरमाथा चढ्ने उनी एकमात्र आरोही बन्न सफल भएका छन् ।

    सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामी रिता पनि सगरमाथाको चुचुरोमा पुगेका हुन् ।



    शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । २८ वर्षको अवधिमा २६ पल्ट सगरमाथा चढेका कामी रिताले थुप्रै कीर्तिमान बनाएका छन् ।



    शेर्पाले दुई पटक केटू हिमाल, एक पटक ल्होत्से, तीन पटक मनास्लु र आठ पटक चोयु हिमाल आरोहण समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार