Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ९ ठाउँमा सर्‍यो चुनाव, कतै संशोधन कतै नयाँ निर्वाचन कार्यक्रम (सूची सहित)

    ९ ठाउँमा सर्‍यो चुनाव, कतै संशोधन कतै नयाँ निर्वाचन कार्यक्रम (सूची सहित)

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 534
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले विभिन्न ९ स्थानमा निर्वाचन कार्यक्रममा संशोधन गरेको छ । स्थानीय तहमा उम्मेदवारहरुको मृत्यु भएपछि केही ठाउँमा निर्वाचन कार्यक्रममा संशोधन गरेको हो भने केहीमा नयाँ निर्वाचन कार्यक्रम नै तय गरिएको छ ।

    आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको निर्वाचन जेठ ३ मा गर्ने भएको छ । नगरपालिकाको कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार शुभावती कर्मीको मंगलबार मृत्यु भएपछि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।



    त्यस्तै दाङको तुलसीपुर नगरपालिकाको–१७ को निर्वाचन पनि जेठ ३ लाई तय भएको छ । एमालेकोतर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मंगलबार मृत्यु भएपछि आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।



    वैशाख २७ अघि मृत्यु भएको पालिकाको निर्वाचन भने शुक्रबार नै हुने गरी निर्वाचन कार्यक्रम संशोधन गरिसकेको छ ।

    कपिलवस्तुकै कपिलवस्तु नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका वडा सदस्य राजेन्द्र चौधरी थारु वैशाख २३ मृत्यु भएको थियो ।

    आयोगका अनुसार सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ को कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवादेवी चमारको वैशाख १४ मा मृत्यु भएको थियो ।

    त्यस्तै रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मिना देवीको पनि वैशाख १६ मा मृत्यु भएकी थिइन । आयोगले संशोधिन निर्वाचन कार्यक्रम अनुसार शुक्रबार निर्वाचन गराउन लागेको हो ।

    त्यसैगरी मोरङको केरावारी गाउपालिका २ मा कांग्रेसका वडा सदस्य उम्मेदवार नवीन लिम्बूको वैशाख १६ मा मृत्यु भएको थियो । यहाँ पनि निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।

    कपिलवस्तुकोबुद्धभूमि नगरपालिका नम्बर ८ मा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको पनि वैशाख १६ मृत्यु भएको थियो ।

    रुपन्देहीको मर्चवारी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्बर ३ की दलित महिला सदस्य कसुमी पासिनको मृत्यु भएको थियो ।

    सिराहा नगरपलिकामा एमालेको तर्फबाट वडा नम्बर ५ मा वडा सदस्य दिएकी मुना सेखको पनि वैशाख २३ मा मृत्यु भएपछि निर्वाचन कार्यक्रम संशोधन गरेर मतदान शुक्रबार हुने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार