Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन : ६१९ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

    स्थानीय तह निर्वाचन : ६१९ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय १४ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय वटा नगरपालिका र ४ सय १९ वटा गाउँपालिका गरी ६ सय १९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।



    निर्वाचन आयोगको तथ्यांकअनुसार नेपाली कांग्रेस ९९ नगरपालिका र १७६ गाउँपालिका गरी २७५ पालिका प्रमुखमा निर्वाचित भएको छ । एमालेले ५७ नगरपालिका प्रमुख र ११३ गाउँपालिका अध्यक्ष गरी १७० पालिकामा विजयी भएको छ ।



    त्यसैगरी नेकपा माओवादी केन्द्रले २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ स्थानीय तहको नेतृत्वमा निर्वाचित भएको छ ।

    एकीकृत समाजवादी ६ पालिका, जनता समाजवादीको १५ पालिकामा विजयी भएको छ । स्वतन्त्रसहित अन्य दलले प्रमुखमा १८ र गाउँपालिकामा २३ गरी ४१ स्थानीय तहको नेतृत्व पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार