Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भरतपुर महानगरमा रेनु दाहालले कटाइन् २७ हजार मत, ५ हजार १८ मतको अग्रता

    भरतपुर महानगरमा रेनु दाहालले कटाइन् २७ हजार मत, ५ हजार १८ मतको अग्रता

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो मतपरिणाम अनुसार ६९ हजार ६१२ मत गन्दा रेनु दाहालले २७ हजार ७८ मत पाएकी छन् ।

    उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी छन् । सुवेदीले २२ हजार ६० मत ल्याए । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन् ।



    यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९ हजार १३२ मत पाएका छन् ।



    उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७ हजार १६६ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार