Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • स्थानीय चुनाव : ६८२ तहको अन्तिम मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

    स्थानीय चुनाव : ६८२ तहको अन्तिम मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो ।

    शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्ष ४४६ जनप्रतिनिधि विजयी भएका छन् । यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।



    नतिजाअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । काँग्रेसले स्थानीय तहको प्रमुख तथा अध्यक्षमा जितको संख्या ३ सय कटाइसकेको छ । आइतबार बिहानसम्म काँग्रेसले ११९ प्रमुख र १८४ गाउँपालिका अध्यक्ष जितेर ३ सय कटाएको हो ।



    यस्तै एमाले दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । अब ७१ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार