Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एकै रात दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान

    एकै रात दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 993
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन्।

    जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएका हुन्।



    चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ।



    कालिका गाउँपालिकाको धारापानीमा सातवटा निजी घर तथा बेतिनीको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था तोडफोड गरेको अवस्थामा भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक झलक शर्मा पौडेलले जानकारी दिए।

    उत्तरगया गाउँपालिका–५ वडा कार्यालय र माझगाउँ क्षेत्रमा निजीस्तरका तीन घरसमेत तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानबाट निजी घरहरूबाट रू चार लाख नगद तथा चार तोला सुन र उत्तरगया वडा नं ५ को वडा कार्यालयमा जडान भएका सिसिटिभीको मनिटरसमेत चोरी भएको पाइएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ।

    विभिन्न कोषबाट अनुसन्धानको काम तीव्र रूपमा अगाडि बढिरहेकाले शङ्कास्पद व्यक्तिको गोप्यरूपमा हुलिया उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन प्रहरी निरीक्षक शर्माले आग्रह गरे। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार