Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन : सबै प्रदेशमा काँग्रेस पहिलो

    स्थानीय तह निर्वाचन : सबै प्रदेशमा काँग्रेस पहिलो

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ ।

    शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।



    मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा भने ३६ प्रतिशत स्थानीय तहमा काँग्रेसले जितेको छ ।



    सबै प्रदेशको स्थिति हेर्दा नेकपा एमाले दोस्रो ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको घोषणाअनुसार एमालेले गण्डकी प्रदेशमा सबैभन्दा बढी ४२ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

    गण्डकी प्रदेशमा काँग्रेस र एमालेले जित्ने स्थानीय तहको प्रतिशत ४२र४२ प्रतिशत बराबर छ । शनिबारसम्म गण्डकी प्रदेशमा काँग्रेस र एमालेका ३५र३५ जना प्रमुख तथा अध्यक्ष जितेका छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार