Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बिहारमा आँधीमा परेर ३३ जनाको मृत्यु

    बिहारमा आँधीमा परेर ३३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ ।

    बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले त्यहाँ जनधनको ठूलो क्षति भएको पनि बताइएको छ ।



    बिहार राज्यका मुख्मन्त्री नितिश कुमारलाई उद्धृत गर्दै त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले त्यहाँका ३३ जनाको ज्यान लिएको छ ।



    यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ । सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

    भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि त्यहाँका सुरक्षा निकायहरुलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ ।

    साथै मुख्यमन्त्रीको कार्यालयले उक्त आँधीमा परेर ज्यान गुमाएका व्यक्तिहरुका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहयता दिने घोषणा पनि गरेको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार